स्टेज कार्यक्रममा राजेश पायल राईमाथि हातपात

Image
maya metro

काठमाडौं – गायक राजेश पायल राईमाथि हातपात भएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेका वेला राईमाथि हातपात भएको हो।

मञ्चमा ‘मैले मायाले दिएको चिनो’ बोलको गीत गाउँदै गरेका राईलाई दर्शकदीर्घाबाट आएका एक व्यक्तिले हातपात गरेका थिए। सुरुमा अँगालो मार्न खोजेको जस्तो देखिए पनि पछि बल प्रयोग गरेर लडाउन खोजिएको थियो। एकै छिनमा ती व्यक्तिलाई नियन्त्रणमा पनि लिइएको थियो।

nisarga

उक्त घटनाले एकछिन हल्लाखल्ला मच्चिए पनि राईले फेरि गीतलाई निरन्तरता दिएर घटनालाई सामान्य बनाउने प्रयास गरेका थिए। राईलाई हातपात गर्न खोज्नुको कारण हालसम्म खुलेको छैन।

बुद्ध ट्याक्स एण्ड अकाउन्टिङ कम्पनीद्वारा आयोजित कार्यक्रममा राईसँगै संयमिता श्रेष्ठ, आदित्य लामा, प्रेम गुरुङ र जोय ब्याण्डको उपस्थिति रहेको थियो।